नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।
प्रहरी वरिष्ठ उपरीक्षकहरूमा कृष्ण कुमार महत, गोबिन्द कुमार शाह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्र बहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे । सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनाली भने हाल सुडान डार्फर मिसनमा कार्यरत छन् ।
समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बधाई तथा सफल कार्यकालको सुभेच्छा प्रदान गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् ।































प्रतिक्रिया