कोरोना अपडेट: ९ हजार ७५६ परीक्षण गर्दा ६३९ जना संक्रमित थपिए

कोरोना अपडेट: ९ हजार ७५६ परीक्षण गर्दा ६३९ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७८२ पीसीआर परीक्षणमा ५४८ जनामा र २ हजार ९७४ जनामा एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ६०० जना डिस्चार्ज भएका छन्।

काठमाडाैं उपत्यकामा २०१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडाैंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ जना थपिएका हुन्।

Skip This
Skip This
Logo