भक्तपुरका विभिन्न ठाउँमा तीन जनाको शव भेटिएको छ । एक जनाको निसास्सीएर र २ जना सडकमा मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उदयपुरको गाईघाट घर भएका ४० वर्षीय गणेश मगर सानोठिमीमा निर्मला महर्जनको घरमा डेरा गरी बस्ने शौचालयमा अचेत अवस्थामा भेटिएका छन् । उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै आज बिहान सानोठिमीको दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि सडकमा उदयपुरको कटारी घर भएका सुरज तामाङ पनि मृत अवस्थामा भेटिएका छन् ।
यस्तै सूर्य विनायक नगरपालिकाको नङ्खेल भाराली खोलामा नाम ठेगाना नखुलेका अर्को एक व्यक्ति पनि मृत अवस्थामा भेटिएका छन् । सबै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।































प्रतिक्रिया