नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर ८ हजार १४० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै आज थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। सोही अवधिमा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमितकाे संख्या ११ हजार २८२ रहेकाे छ।































प्रतिक्रिया