यूएईमा पक्राउ परेका नेपाली पत्रकार पाण्डेलाई रिहाइ गर्न पत्रकार महासंघकाे माग

यूएईमा पक्राउ परेका नेपाली पत्रकार पाण्डेलाई रिहाइ गर्न पत्रकार महासंघकाे माग

केन्द्रबिन्दु
0
Shares

यूएईबाट पत्रकारिता गर्दै आएका पत्रकार उमाकान्त पाण्डेलाई त्यहाँकाे प्रहरीले पक्राउ गरेको छ। नेपाल पत्रकार महासंघले जनाए अनुसार नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले उनलाई पक्राउ गरेको हाे। महासंघले नेपाली दूतावासकै उजुरीमा प्रहरीले पक्राउ गरेको पनि बताएको छ। 

नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरि साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरित हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै महासंघले यसकाे विराेध गरेको छ। 

'पत्रकार पाण्डेलाई नेपालमा रहँदा पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरि साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको छ। पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले उनलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ’, महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

महासंघले घटनाको छानबिन गरि पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ। 

Skip This
Skip This
Logo