वैदेशिक रोजगारीमा जानेको पिसीआर परीक्षण निःशुल्क गर्ने सरकारको निर्णय

वैदेशिक रोजगारीमा जानेको पिसीआर परीक्षण निःशुल्क गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए।

संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय गरिएको हो।

अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरूका लागि निःशुल्क पिसीआर परीक्षण हुने उनले बताए। तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

Skip This
Skip This
Logo