काेराेना अपडेटः २७५ संक्रमित थपिए, ५५५ जना निको भए

काेराेना अपडेटः २७५ संक्रमित थपिए, ५५५ जना निको भए

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा २७५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६२८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २७५ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५५५ जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार २८० जना सक्रिय संक्रमित रहेका छन्।

Logo