बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन्।
पुरिएका सवारी साधनमा २ वटा स्काभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।
पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काभेटरका चालक र सहचालकलाई उद्धार गरि उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ।
पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ।
तस्बिर : सरोज सापकोटा































प्रतिक्रिया