धरानमा दुई जनाको शव फेला, पुरुषको सनाखत बाँकी

धरानमा दुई जनाको शव फेला, पुरुषको सनाखत बाँकी

केन्द्रबिन्दु
0
Shares

धरान-१८ बुद्धचोकस्थित न्यु-कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको छ । इटहरी ५ जनता वस्तीमा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनका अनुसार उनी इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।

मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको छ । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशंका  गरिएको छ।

त्यस्तै धरानमै अर्का एक पुरुषको पनि शव फेला परेको छ । कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा करिब ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन् । 

 उक्त शवको सनाखत भएको छैन । इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान-४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो ।  मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ । 

Skip This
Skip This
Logo