कर्फ्यु हटाएर वीरेन्द्रनगरमा निषेधाज्ञा

कर्फ्यु हटाएर वीरेन्द्रनगरमा निषेधाज्ञा

केन्द्रबिन्दु
0
Shares

सुर्खेत प्रशासनले वीरेन्द्रनगरमा लगाएको कर्फ्यु हटाएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार कर्फ्यु साँझ ७ बजेबाट हटाइएको हो । एमसीसीको विराेधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको कार्यालयमा तोडफोड गरेका थिए । स्थिति असहज बनेपछि प्रशासनले  साेमबार साँझदेखि मंगलबार सांँझ ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । 

यस्तै, वीरेन्द्रनगरका मुख्य तीन स्थानलाई भने कर्फ्यु हटेपनि निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले मंगलबार बिहान पनि मुख्य बजार क्षेत्रमा प्रदर्शन गरेका थिए । झडपमा ८ जना प्रहरी र २ जना सर्वसाधारण घाइते भएका थिए । कर्फ्यु आदेश उल्लंघन गर्नेमाथि कडा कारवाहीकाे चेतावनी प्रशासनले दिएपछि भने आन्दाेनकारी दिउँसाेदेखि पछि हटेका थिए । 

सोमबार बन्दकर्ताले सबैभन्दा बढी उग्ररुप देखाएका मगलगढी र यरीचोक सँगै विभिन्न राजनीति दलका पार्टी कार्यालय रहेको हटियालाइनमा निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । 

Logo