माझी समुदायले मनाए परम्परागत कोशी पूजा

माझी समुदायले मनाए परम्परागत कोशी पूजा

केन्द्रबिन्दु
0
Shares

माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन्। खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएकाे हाे।

माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ। माझी समुदायले हरेक वर्ष फागुन तेस्राे मंगलबार यो पर्व मनाउँदै आएका छन्। माझी समुदायको पुर्खौली थलो कोशी किनार हो। विशेषगरि पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ।

लदी पूजाका दिन सामुहिकरुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ। बज्रको पूजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन्। पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फूल अक्षताकाे प्रयाेग हुन्छ। 

माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दिपक माझीले बताए।

Logo