आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ। गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ-तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो ।
आगामी वर्ष दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ। यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो।
आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मद जयन्तीमा पनि विदा दिने निर्णय भएको छ। तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चार्डमा पनि विदा दिने निर्णय भएको छ।
त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यसदिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।
यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा विदा दिइएकोमा आगामी वर्ष भने विदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ।





























प्रतिक्रिया