ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका पाँच जना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए। दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ। गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ। ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदै गरेको जानकारी छ।
घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।





























प्रतिक्रिया