डि.भि एजुकेशनद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिला सम्मानित

डि.भि एजुकेशनद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिला सम्मानित

केन्द्रबिन्दु
0
Shares

डि.भि एजुकेशन नेटवर्कले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरेको छ। सोमबार एक कार्यक्रमका विच “डि.भि.महिला शक्ति सम्मान” कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।

डि.भि एजुकेशन नेटवर्कले हरेक वर्ष “डि.भि.महिला शक्ति सम्मान” कार्यक्रम अन्तर्गत महिलालाई सम्मान गर्दे आएको छ । विभिन्न क्षेत्र मार्फत समाजमा योगदान पुर्याउने महिलाहरुलाई हौसला मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हाे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला सशक्तिकरणमा विभिन्न कार्यक्रमहरु गर्दे आएको अवस्थामा यस्ता खालका कार्यक्रमहरुले सामाजिक, आर्थिकरुपमा केही परिवर्तन ल्याए पनि अझै शिक्षामा महिलाको पहुँच बढाउनु पर्ने आवश्यक रहेको सिओओ ऋतु न्यौपानेले बताइन् । उनले सैद्धान्तिक तहमा महिला सशक्तिकरण,लैंगिक भेदभाव बारे विशेष व्यावस्था भए पनि व्यवहारिक पाटोमा अझै समस्या रहेको बताइन्।

विज्ञान तथा प्रविधि सचिव प्रमिला बज्राचार्य प्रमुख अथिति रहेको उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, पत्रकार सीता पौडेल, क्यान्सर केअर नेपालकी डा सन्ध्या चापागाई, शान्ति विद्यागृह माध्यमिक विद्यालयकी प्रधानाध्यापक शिवकुमारी घिमिरेलाई सम्मान गरिएको थियो ।

डि.भि एजुकेशन नेटवर्क अन्तर्गत ट्रिटन स्कुल तथा कलेज, सेफर्ड कलेज र शुभश्री कलेज रहेका छन्।

Logo