यी हुन् यस वर्ष उत्कृष्ट सातमा पर्न सफल नगरपालिकाहरू

यी हुन् यस वर्ष उत्कृष्ट सातमा पर्न सफल नगरपालिकाहरू

केन्द्रबिन्दु
0
Shares

नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ। 

नगरपालिका संघले आफ्नो २९औं साधारणसभाकाे अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो। पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए। 

संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ। दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन्। वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तीय सुशासन पुरस्कार प्रदान गरिएको हाे।

धादिङ जिल्लाकाे निलकण्ठ नगरपालिका सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा उत्कृष्ट ठहर भएको छ। यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएकाे छ। 

स्थानीय आर्थिक विकास विधामा सर्लाहीकाे हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ। हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरि नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ। 

सामाजिक विकास विधामा रूपन्देही जिल्लाकाे तिलोत्तमा नगरपालिका र चितवनकाे राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ। 

Skip This
Skip This
Logo