सिन्धुलीमा टिपर दुर्घटना : दुई जनाको मृत्यु, २४ जना घाइते

सिन्धुलीमा टिपर दुर्घटना : दुई जनाको मृत्यु, २४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति बाेकेकाे टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। 

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो। 

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो। 

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडाैं पठाइएको छ। अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ। बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ।

Skip This
Skip This
Logo