नेपालमा कोरोना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५४३ परीक्षण गरिएको छ। जसमध्ये १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १।२ प्रतिशत मात्र रहेको पनि मन्त्रालयले जनाएको छ ।
यस अवधिमा मृत्यु संख्या शून्य रहेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ४०९ रहेको छ।
विगत २४ घण्टामा ८ हजार ७२९ जनामा कोरोना संक्रमणविरूद्धको खोप लगाइएको छ।
सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ रहेको छ ।





























प्रतिक्रिया