रसुवामा म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण

रसुवामा म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण

केन्द्रबिन्दु
0
Shares

म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाहरूको आकर्षण बढेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढेको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा २६३ जना म्यादी प्रहरीको माग गरिएको छ। म्यादी प्रहरी बन्नका लागि आइबारदेखि आवेदन खुला गरिएको हाे। आवेदन खुला गरेसँगै जिल्ला प्रहरी कार्यालय रसुवामा आवेदन दिन जानेको भिड लागेको छ। 

आवेदनको भर्ना खुलेको आइतबार र सोमबार दुई दिनमा १८४ जनाले आवेदन दिइसकेका छन् । जसमध्ये ३६ जना महिला र १४८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । 

आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत युवा रहेको सापकोटाले जानकारी दिए। एसईई दिएका, म्यादी प्रहरीमा यसअघि नै काम गरिसकेका, भूतपूर्व सैनिक प्रहरीलगायतले आवेदन दिन आइरहेको उनको भनाइ छ। 

आइतबारदेखि सुरू भएको म्यादी भर्ना कार्यक्रम चैत ११ गते साँझ ५ बजेसम्म रहने भएको छ। म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताइएको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि चैत ११ सम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

Skip This
Skip This
Logo