भीरबाट लडेर वडा सदस्यको मृत्यु

भीरबाट लडेर वडा सदस्यको मृत्यु

केन्द्रबिन्दु
0
Shares

खोटाङ ।

भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए ।

फुयाँल वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी भएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

Logo