सिरकडस्ना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा

सिरकडस्ना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीकाे एक सिरक डस्ना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। सन्धिखर्क नगरपालिका-१ मा रहेकाे विस्मिल्ला सिरक डस्ना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी, स्थानीयवासी तथा सन्धिखर्क नगरपालिकाकाे दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे हाे।

उद्याेगमा कपडा फिट्ने मेसिन तातेर आगाे लागेकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए। आगलागीका कारण दुई मेसिनसहित केही सिरक डस्ना जलेकाे थापाले जानकारी दिए। यद्यपि, आगाे पूर्णरुपमा नियन्त्रणमा आइसकेकाे थापाले जानकारी दिए। 

Logo