२६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार १४६ जना सक्रिय संक्रमित

२६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार १४६ जना सक्रिय संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २६ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ५ हजार १९२ नमूना परीक्षण गर्दा २६ जनामा मात्र  संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ७१ हजार ७२ रहेको पनि मन्त्रालयले जनाएको छ।

Logo