मकवानपुरमा ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुरमा ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

मकवानपुर प्रहरीले ९० किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन्। पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo