तनहुँमा सदरमुकाम दमौली हिँडेकी बालिका बेपत्ता

तनहुँमा सदरमुकाम दमौली हिँडेकी बालिका बेपत्ता

केन्द्रबिन्दु
0
Shares

जिल्लाको ऋषिङ गाउँपालिका-४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ-४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । 

बन्दना घरबाट हिँडेपछि सम्पर्कविहिन बनेको स्थानीय तीर्थ बर्देवाले जानकारी दिए । बन्दना स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । ऋषिङ गाउँपालिका-१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

Logo