ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एक बालकको ज्यान गएको छ । पैदल हिडीरहेका बालकलाई घारले ठक्कर दिएको थियो । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् ।  कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा इमाडोलस्थित किष्ट मेडिकल कलेजमा बुधबारसाँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालकलाई महानगरिय प्रहरी वृत्त सातदोबाटोले यन्त्रणमा लिएको छ।

Logo