कैलालीको गोदावरी नगरपालिका-३ मा दुई मोटरसाइकल आपसमा ठोकिँदा २ चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश ०२-००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोकिएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र अर्का चालक कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको उपचारको क्रममा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गएराति नै मृत्यु भएको हो।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।





























प्रतिक्रिया