सल्यानमा सुत्केरी बोकेको जिप दुर्घटना हुँदा सात जना घाइते

सल्यानमा सुत्केरी बोकेको जिप दुर्घटना हुँदा सात जना घाइते

केन्द्रबिन्दु
0
Shares

सल्यानमा सोमबार बिहान जिप दुर्घटना ७ जना घाइते भएका छन्। नेपालगन्जबाट सुत्केरी बोकेर सल्यानको बागचौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१-००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका-६ चैबाङज्युला नजिकै दुर्घटनामा हुँदा एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडलेका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ। सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेमा बागचौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीयाया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको छ। गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगतकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Logo