आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहान देशका विभिन्न स्थानको मौसममा सामान्य बदली भएको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू(भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Logo