संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना भएका छन् । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएपछि उनलाई ग्वार्कोस्थित किस्ट अस्पताल भर्ना गरिएको हो ।
अस्पताल जाँचपश्चात मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जानकारी दिए।
यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । जेठी छोरी कावेबी श्रीका अनुसार, चिकित्सकले जोशीलाई केही दिन अस्पताल मै बसेर उपचार गर्न सुझाव दिएका छन् ।





























प्रतिक्रिया