स्याङ्जामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

स्याङ्जाको वालिङमा आइतबार विहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।, ६ जना घाइते भएका छन् । वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जीपमा सवार १३ मध्ये ६ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ। उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङले जनाएको छ। 
 

Skip This
Skip This
Logo