मधेश प्रदेशः सशस्त्र प्रहरीको सक्रियता बढ्दै, तस्करी र अवैध कारोबार घट्याे

मधेश प्रदेशः सशस्त्र प्रहरीको सक्रियता बढ्दै, तस्करी र अवैध कारोबार घट्याे


मधेश प्रदेशमा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ। आर्थिक बर्ष २०७८/०७९ को साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा प्रदेशका आठ जिल्लाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गर्नुका साथै अन्य आपराधिक गतिविधि पनि नियन्त्रणमा लिएको छ। 

गत आर्थिक वर्षको प्रगति अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा भारतबाट अवैधरूपमा भित्र्याएको ४६ करोड २८ लाख ३६ हजार ९४७ रुपैयाँ बराबरको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

अवैध सामान ढुवानी गर्न तस्करहरूले प्रयोग गरेको ७८८ थान सवारीसाधन बरामद गरिएको मधेश प्रदेशका सशस्त्र प्रहरीका डीआईजी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख गणेश ठाडा मगरले बताए । 

बरामद सामान आवश्यक कार्वाहीको लागि आठवटै जिल्लाका पायक पर्ने भन्सार कार्यालयमा बुझाएको डीआईजी मगरले बताए। यसैगरी सोही अवधिमा तस्करी तथा विभिन्न अवैध कारोबारमा संलग्न १६६ जना जनालाई पक्राउ गरि कार्वाहीका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख छ।

नौ महिनामा प्रदेशका विभिन्न जिल्लाबाट एक करोड ३२ लाख ५४ हजार ५७२ रुपैयाँ बराबरका ३ हजार ५८२ क्युफिट साललगायतको काठ बरामद भएको छ। यस्तै, एक करोड २७ लाख  ६८ हजार ३९० रुपैयाँ बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको चौपाया बरामद भएको छ।

दुई करोड ५४ लाख १२८ स्रोत नखुलेको नेपाली र १० लाख ५४ हजार ६१ भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ। गत आर्थिक वर्षमा १२ लाख ८१ हजार ९६१ रुपैयाँ बराबरको अवैध सुनचाँदी र चार लाख १३ हजार नक्कली रुपैयाँ बरामद भएको तथ्यांक छ।

लागूऔषधतर्फ २२ सय ५१ किलो गाँजा ३२ हजार १४० गोटा विभिन्न प्रकारको लागूऔषध बरामद र करिब ६१ बिगाहा क्षेत्रफल जग्गामा लुकाईछिपाई लगाइएको गाँजा खेती नष्ट गरिएको डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।

सोही अवधिमा सशस्त्र प्रहरीले विभिन्न प्रकारको आठ थान पेस्तोल, बन्दुक, ६ थान गोली र एक थान म्यागजिन बरामद र नेपालबाट भारततर्फ जान लागेका ४० जना चेलीबेटीलाई सीमाबाट उद्वार गरेको छ।

डीआईजी मगरको सक्रियतामा नेपाल प्रहरीसँग मिलेर ६३६ पटक संयुक्त पट्रोलिङ र गत आवमा ३७ पटक समकक्षी बैठक बसेको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासको तथ्यांक छ।

Logo