घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलन्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । 

सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो । 

Logo