पल शाह प्रकरण : नाबालिगका बाबुले पनि फेरे बयान, होस्टाइल भएको आशंका

पल शाह प्रकरण : नाबालिगका बाबुले पनि फेरे बयान, होस्टाइल भएको आशंका

केन्द्रबिन्दु
0
Shares

अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका हुन् । छोरीमाथि जवरजस्ती करणी भएको भन्दै दुई-दुई ठाँउमा उजुरी दिएर न्यायका लागी अदालत पुगेका बुबाले पनि जबर्जस्ती करणी भएको रहेनछ, मैले बल्ल थापा पाएँ, अरुको उत्साहटमा जाहेरी दिएको भनेका छन् ।’

यसअघि गत आइतबार पीडित नाबालिगले पनि बयान फेरेकी थिइन् । आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको पीडितको बयान थियो । नाबालिग पीडितले बकपत्रमा बयान फेरेपछि होस्टाइल भएको भनिएको छ । पिडितकी बाबुले पनि बयान फेपछि  बाबुपनि होस्टाइल भएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मालेको आँकलन छ । यद्यपि उक्त बयानले मात्रै प्रतिवादी छुट्ने आधार बन्न नसक्ने कानुन व्यवसायीहरू बताउँछन् । 

नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै गत फागुन ११ गते उनका बुबाले प्रहरी कार्यालय तनहुँमा शाहबिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएको ५ दिनपछि प्रहरीको सम्पर्कमा आएका शाहलाई अनुसन्धानको लागि तीन पटक जिल्ला अदालतबाट म्याद थप भएको थियो ।

गत चैत १० गते जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । शाहविरुद्ध नाबालिगले गत फागुन १६ गते नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दामा पनि नवलपरासी अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ । अभिनेता शाहलाई बुधबार नवलपुर अदालत लगिदै छ ।

Logo