मोटरसाइकलको चक्कामा सल बेरिँदा लडेर युवतीको मृत्यु

मोटरसाइकलको चक्कामा सल बेरिँदा लडेर युवतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङको ग्रामथान गाउँपालिका-७ बजरंगबलीमा मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका ८ की २१ वर्षीया रेश्मा नेपालीको  मंगलबार  मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको हो । 

बुधबार बेलुका पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकलसहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैँचाले नियन्त्रणमा लिएको छ ।

Logo