केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय सातौँ कृषि गणना २०७८ सुरु गरेको छ । विभागले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो ।
विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य सुरु भएको छ । वैशाख ६ गतेबाट सुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ ।
कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा.महेशकुमार सुवेदीले बताए ।
उनले गत दुई वर्ष यता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना शुरु गरेको बताए । निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रवारदेखि मात्रै गणना कार्य शुरु हुने जानकारी दिए ।
नुभयो । उहाँले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरु केन्द्रमा ल्याइसक्ने पनि बताउनु भयो । निर्देशक सुवेदीले अहिलेसम्म कृषि गणनाका लागि ५ करोड खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको जानकारी दिए ।
त्यस्तै अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिव ९ करोड रुपैयाँ गरी कुल कृषि गणनाका लागि ८६ करोड रुपैयाँ खर्च हुनसक्ने आँकलन गरिएको बताए ।
निर्देशक सुवेदीले भने, ‘हामीले गत दुई वर्षदेखि नै कृषि गणना कार्यको तयारी सुरु गरेका थियौँ । हामीले सबै प्रचारप्रसारहरुको तयारी गरिसकेका छौँ । तालिम पनि सकिसकेका छौँ । अब वैशाख ६ गतेदेखि जेठ १९ सम्म गणना सुरु गरेका छौँ । काठमाडौं ललितपुर र भक्तपुरको हकमा भोलिदेखि गणना कार्य सुरु हुनेछ । हामीले असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरु केन्द्रमा ल्याएर मंसिरको अन्तिमसम्म हामीले प्रारम्भिक नतिजा प्रकाशन गर्नेछौँ । हामीले गत वर्ष तयारीका लागि करिव ५ करोड खर्च भएको थियो । यस वर्ष मुख्य गणना कार्यका लागि गणक तथा सुपरिवेक्षकको तलव भत्तामा गरेर ७२ करोड खर्च हुने अनुमान छ । अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिव ९ करोड लाग्नेछ । योसहित हामीलाई कुल ८६ करोड रुपैयाँ कृषि गणनाको लागि लाग्नेछ ।’
त्यस्तै, केन्द्रिय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले तथ्यांक विभागले आगामी असोज महिनासम्म तेस्रो लिङ्गीको जनसंख्याको विवरण सार्वजनिक गर्ने बताए । उनले तेस्रो लिङ्गीहरुको जनसंख्या गणना गर्न सहज नभए पनि राज्यका लागि यो तथ्यांक आवश्यक पर्ने भएकोले राष्ट्रिय जनगणना २०७८ मा यसबारे विवरण संकलन गरिएको बताए ।
उपमहानिर्देशक रेग्मीले कृषि जनगणनामा भने नितान्त कृषकको विवरण, समस्या र कृषिको अवस्थाका बारेमा गणना हुने बताए । उनले राष्ट्रिय जनगणनामा प्राप्त भएको कृषकको तथ्यांकका आधारमा नै यो गणना गर्न लागेको स्पष्ट पारे ।





























प्रतिक्रिया