अन्तर्घात गर्नेलाई नै वडाध्यक्षको उम्मेदवार सिफारिस गरेको भन्दै काठमाडौंमै विरोध

अन्तर्घात गर्नेलाई नै वडाध्यक्षको उम्मेदवार सिफारिस गरेको भन्दै काठमाडौंमै विरोध


काठमाडौं महानगरपालिका वडा नम्बर ९ का कांग्रेसका कार्यकर्ताहरुले वडाध्यक्षमा सिफारिस उम्मेदवारप्रति असन्तुष्टि जनाएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई वडाध्यक्षको टिकट दिएको उनीहरुको आरोप छ । महानगर ९ का वडाध्यक्ष सुनिल गौतमविरुद्ध अन्तर्घात गर्ने वैशाख ३० गतेको निर्वाचनका लागि महानगरले उम्मेदवार सिफारिस गरेकाले मान्य नहुने असन्तुष्ट समूहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

'विगतको स्थानीय तहको निर्वाचनमा असहयोग गर्नेहरु हालको निर्वाचनमा वडाध्यक्षको आकांक्षी बन्दै सिफारिसमा परेपछि हामी असल कार्यकर्ताको मनोबल गिरेको छ,' ९ नम्बर वडाका पीडित कांग्रेस समूह शिर्षकमा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, 'पार्टीको निर्णय यस्तै हो भने अब हामीले सोच्नुपर्ने बेला आएको छ । नेतृत्वले समयमै विगतका अन्तर्घातीलाई चिनेर वडाको नेतृत्व दिनबाट रोक्नुपर्छ । यदि त्यस्तो भएन भने फेरि पनि पार्टीका उम्मेद्वार अन्तर्घातको शिकार बन्नेछन् ।'

Logo