धनुषामा रोकीराखेको ट्रकसंग मोटरसाइकल ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा गएराति ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा ३ जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ ।
सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो ।
ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।





























प्रतिक्रिया