अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन्। ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे।

स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरि घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ। 

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएकाे थियाे। यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ। तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन्।

चक्कु प्रहार गरि घाइते भएकाहरुकाे स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ। मानबहादुरकाे टाउको र ढाडमा चोट लागेकाे छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेकाे छ।

उनीहरुकाे अवस्था गम्भीर छ। तुलसी बुढाकाे टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चोट लागेकाे छ। उनीहरुकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo