दाङमा जिप दुर्घटना, १३ जना घाइते

दाङमा जिप दुर्घटना, १३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

यात्रुबाहाक जिप दुर्घटनामा दाङमा १३ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे । 

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । 

घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ। केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

Skip This
Skip This
Logo