माैसम पूर्वानुमान : चट्याङसहित वर्षाको सम्भावना

माैसम पूर्वानुमान : चट्याङसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ। बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसाे पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

शनिबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

Skip This
Skip This
Logo