२ हजार ७७१ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि

२ हजार ७७१ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७७१  नमूना परीक्षण गर्दा १४ जनामा मात्र  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ लाख ९ हजार ५६ रहेको छ । 

Skip This
Skip This
Logo