सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा७४प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डनदेउपुर नगरपालिका-६ का ४० वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ। बाइक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने मेलम्चीका प्रहरी सहायक निरीक्षक सुरज थापाले जानकारी दिए।































प्रतिक्रिया