स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

स्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन्।

भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मण्डलले बोकेको व्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ। उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo