बैतडीमा कोदालोले छातीमा हिर्काएर एक युवकको हत्या

बैतडीमा कोदालोले छातीमा हिर्काएर एक युवकको हत्या

केन्द्रबिन्दु
0
Shares

जिल्लाको डिलासैनी गाउँपालिका-७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ । श्यामको कोदालो प्रहारबाट मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  

आज दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन् । वीरेन्द्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Logo