थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ४ हजार १० नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २२ हजार १०६ रहेको छ। 

Logo