मैले शास्त्रको कुरा गर्दा उखान टुक्काको रुपमा बुझियो : केपी ओली

मैले शास्त्रको कुरा गर्दा उखान टुक्काको रुपमा बुझियो : केपी ओली


एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा आफूले बोलेको बुझ्ने थोरैमात्र बुद्धिजीवी भएको बताएका छन् । आइतबार अमरसिंह चौरमै आयोजित गठबन्धनको चुनावी सभाकोमा आफूले शास्त्रको कुरा गर्दा त्यसलाई उखान टुक्काको रुपमा बुझिएको बताए । 

‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्या हो भन्ने भयो । एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियोु, सोमबार पोखराको चुनावी सभालाई सम्बोधनका क्रममा उनले भने, ुबंग्याएर प्रस्तुत गर्न खोजियो, मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन्।’ 

ओलीले एमाले उखान टुक्काको होइन, देश बनाउने अभियान लिएर अगाडि बढेको जिकिर पनि गरे। ‘एमाले देशलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने अर्थात् समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य र गन्तव्य बनाएर अगाडि बढेको छ’, उनले भने,‘नेकपा एमाले सरकारमा पुग्यो कि विकासको गति अगाडि बढ्छ। २०५१ सालमा सरकारमा पाइला टेक्न पायो, जेष्ठ नागरिक भत्ता दियो।’     

Logo