तीन जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

ललितपुर, सुनसरी र बागलुङमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको देवानगंज गाउँपालिका-४ पाल टोलस्थित मकैबारीमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

बागलुङको बागलुङ नगरपालिका-१० गलुवा बस्ने ४४ वर्षीय प्रेम बहादुर विक आफनै घरबाट करिब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । वैंशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Logo