आइतबार बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा

आइतबार बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा


शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो । सातामा दुई दिन बिदा हुने भएपनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। 

पेट्रोलियम पदार्थको खपतलाई कम गर्नको लागि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको आयात कम गर्न सकिने भएकोले यसले अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने सरकारको लक्ष्य छ। 

तर निजी विद्यालयहरुले भने यसको बिरोध गर्दै आएका छन्। विद्यार्थीहरुको पठनपाठनमा समस्या पर्ने भन्दै निजी विद्यालयहरुले विद्यालय बन्द नगर्ने बताइसकेका छन्।

Logo