जीपको ठक्करबाट दुई जनाको मृत्यु

जीपको ठक्करबाट दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्व-पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । 

महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । जीप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Skip This
Skip This
Logo