चिडियाखानामा सिंहसँग जिस्किएपछि…

चिडियाखानामा सिंहसँग जिस्किएपछि…

केन्द्रबिन्दु
0
Shares

जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ । 

भिडियो क्लिपमा चिडियाखानाका हेरचाहकर्ताले करिब १५ आगन्तुकहरूको अगाडि तारको जालीबाहिरबाट बिरालोलाई झैँ जिस्काएको देखिन्छन् । उनले सिंह गर्जिएको बेवास्ता गर्छन् र निरन्तर रुपमा उसलाई गिजाउछन् । 

उनले जिस्काइरहँदा सिंहले उनको औँला टोकिदिन्छ । औँला टोकिदिएपछि हात तान्न उनलाई निकै गा¥हो भइरहेको देख्न सकिन्छ । अन्त्यमा सिंहले उनको औँला चुँडाइदिन्छ भने मानिस भुइँमा ढल्छन् । 

चिडियाखानामा आएका दशर्कहरूलाई देखाउने क्रममा दुःखद घटना भएको जमैका अब्जर्बरसँगको कुराकानीमा एक साक्षीले बताएका छन् । 

‘सुरुमा मैले यसलाई ठट्टाको रुपमा लिएकी थिए’ महिलाले भनिन् ‘यस्तो देखाउनु उनीहरूको काम होला भनेर मैले त्यसलाई गम्भीर रुपमा लिइन ।’
ती व्यक्तिको छालासहित चोर औँलाको जोर्नीसम्मको भाग सिंहले खाइदिएको उनले बताइन् । पछिल्लो घटनाले सिंहको सुरक्षा र कर्मचारीले गर्ने व्यवहारबारे चासो बढेको छ । 
 

Skip This
Skip This
Logo