बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् ।

खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताए। बाख्रा चराउन गएकाे समयमा बाघले आक्रमण गरेकाे हाे।

तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ।

Skip This
Skip This
Logo